२५ असार २०८३, बिहिबार

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक, आजैदेखि देशैभर विरोधका कार्यक्रम गरिने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउलगत्तै नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज बिहान ८ः३० का लागि बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

सचिव बस्नेतका अनुसार बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।

‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ ।’ सचिव बस्नेताले फेसबुकमा लेखेका छन्, ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ । अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’