२१ असार २०८३, आइतबार

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो : पूर्वगृहमन्त्री थापा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री तथा राप्रपाका नेता कमल थापाले बालेन साह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक प्रकाउ परेपछि थापाले नयाँ सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको बताएका हुन् ।

‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’ थापाले फेसबुकमा लेखेका छन् ।