काठमाडौं । गायिका तथा पूर्वसांसद कोमल वलीका बुबाको निधन भएको छ ।
वलीका बुबा ललितबहादुर वलीको घरको छतबाट लडेर मृत्यु भएको हो । आज दाङ तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा उनी छतबाट खसेका थिए ।
यसबारे वलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले लेखेकी छन्, ‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललितबहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ । म काठमाडौंबाट आउँदै छु । अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि वहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै), तुलसीपुरमा राखिने छ ! ।’








प्रतिक्रिया