२१ असार २०८३, आइतबार

यी हुन् गाभिएका मन्त्रालयहरू

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठनसँगै मन्त्रालय संरचनामा ठूलो फेरबदल गरिएको छ। कार्यक्षमता बढाउने र प्रशासनिक खर्च घटाउने लक्ष्यसहित केही मन्त्रालयहरू एकआपसमा समायोजन गरिएको हो।

सरकारले पूर्वाधारसँग सम्बन्धित दुई मन्त्रालयलाई एकीकृत गर्दै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासलाई एउटै संरचनामा ल्याएको छ। त्यस्तै, खानेपानीसँग सम्बन्धित कामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग जोडिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसँग गाभिएको छ भने कृषि क्षेत्रलाई वन तथा वातावरणसँग मिलाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि अब युवा तथा खेलकुदसँग संयुक्त रूपमा सञ्चालन हुने व्यवस्था गरिएको हो।