२५ असार २०८३, बिहिबार

रामनवमीमा तारकेश्वरधाममा भक्तजन (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित तारकेश्वरधाममा चैते दशैंअन्तर्गत रामनवमीका अवसरमा शुक्रबार भक्तजनहरू उपस्थित भइरहेका छन् । श्रद्धालुहरू पूजाअर्चना र दर्शन गर्दै धार्मिक आस्था प्रकट गरिरहेका देखिन्छन् ।

तारकेश्वरधाम मन्दिर परिसरमा बिहानैदेखि फूल, प्रसाद र धूपबत्ती लिएर विभिन्न स्थानबाट आएका भक्तजनहरूले लाइनमा बसेर दर्शन गरिरहेका छन् । विशेषगरी रामनवमीका दिन भगवान रामको पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।