३२ असार २०८३, बिहिबार

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन गण (शान्ति सेना) सातौं डफ्फा र श्री सैनिक प्रहरी युनिटको दशौं डफ्फालाई बदली गर्नको लागि श्री कालीबहादुर गणको आठौं डफ्फा र सैनिक प्रहरी युनिटको एघारौं डफ्फाका १७९ जना बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाली सेनाका अनुसार, शान्ति सैनिकको पहिलो टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

त्यस्तै, मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २११ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भइसकेका छन् । हाल मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।