३१ असार २०८३, बुधबार

मध्यपूर्व युद्धबारे बोले पुटिन– अहिलेको अवस्था कोरोना महामारीभन्दा पनि खराब छ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका–इजरायल र इरानबीचको युद्धलाई लियर कडा चेतावनी दिएका छन् । मस्कोमा व्यापारिक नेताहरूसँग कुरा गर्दै पुटिनले हालको मध्यपूर्व युद्धको अवस्था कोरोना भाइरस महामारीभन्दा पनि खराब भएको बताए ।

पुटिनका अनुसार युद्धमा संलग्न पक्षहरूले पनि अब के हुन्छ ? भनेर भविष्यवाणी गर्न नसक्ने अवस्था छ । विश्वव्यापी अर्थतन्त्र द्रुत गतिमा ध्वस्त भइरहेको छ ।

पुटिनले जारी युद्धको नतिजाको सही भविष्यवाणी गर्न गाह्रो भएको पनि बताए । उनले द्वन्द्वमा संलग्न देशहरूलाई पनि यसको प्रभावको बारेमा कुनै जानकारी नभएको टिप्पणी गरे । उनका अनुसार युद्धले अन्तर्राष्ट्रिय उत्पादन र आपूर्ति शृङ्खलालाई गहिरो असर गरिरहेको छ ।

पुटिनले अप्रत्यक्ष रूपमा अमेरिकी नीतिहरूको आलोचना गर्दै अहिलेको तनावले संसारलाई अनिश्चिततातर्फ धकेलेको टिप्पणी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।