१८ असार २०८३, बिहिबार

ग्राण्डि र एवनको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तरक्रिया भएको छ ।

ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको कार्यक्रममा वैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदस्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथ अभिभावकहरुले सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो ।

कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, पारिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीता र उनीहरुको लाइफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए ।

एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै यसमा चेतना अभिवृद्धि तथा सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताइन् । उनले भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।”

डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताइन् ।विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानी त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तिका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकासमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ । यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदस्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएको कार्यक्रममा सहभागीले उल्लेख गरेका थिए ।

कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले सामाजिक उत्तरदायित्व कार्यक्रममा सहकार्य गर्न पाउँदा आफूले गर्व महसुस गरेको उल्लेख गर्दै भविष्यमा पनि यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।