११ असार २०८३, बिहिबार

आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै बारको आकस्मिक बैठक बस्दै

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ।

प्रतिवेदनमा कानुन व्यवसायप्रति नकारात्मक धारणा प्रस्तुत गरिएको भन्दै बारले गम्भीर चासो व्यक्त गरेको हो।

महासचिव केदार कोइरालाका अनुसार दिउँसो १:३० बजे बार भवनमा सल्लाहकार समितिको बैठक बस्नेछ ।

बारले आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर टिप्पणी गरेको आरोप लगाउँदै त्यसले कानुन व्यवसायप्रति जनमानसमा गलत सन्देश फैलाउने खतरा रहेको जनाएको छ।