काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलनमा चैत ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक र समसामयिक राजनीतिक विषयबारे जानकारी गराइनेछ ।
बुधबार बसेको कांग्रेसको बैठकले पार्टीको १५ औं महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया