३१ असार २०८३, बुधबार

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्‍यो । भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ, पुुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुन १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।