८ असार २०८३, सोमबार

आज चैते दशैं मनाइँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रूपमा रामको जन्म भएकाले राम नवमीका रूपमा मनाउने गरिन्छ ।

वडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनी लगायत उपत्यका बाहिरका पीठमा विशेष पूजा हुन्छ । शक्ति पीठमा गएर पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्राचीनकादेखि नै हनुमान ढोका दरबारको दशैँ घरमा चैते दशैंका दिन पनि विशेष पूजा गरिन्छ ।