३० असार २०८३, मंगलबार

ट्रम्पको सर्तमा युद्ध समाप्त हुँदैन, अमेरिकी प्रस्ताव बकवास : इरान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्तमा युद्ध समाप्त नहुने बताएको छ ।

इरानी अधिकारीहरूका अनुसार अमेरिकाले मध्यस्थता गर्ने देशहरूमार्फत पठाएको प्रस्ताव बकवास छ र यो वास्तविकताबाट अलग रहेको छ । साथै, अमेरिकी प्रस्तावको उद्देश्य केवल दबाब सिर्जना गर्नु हो ।

इरानले आफ्ना सर्तहरू पूरा भएमा मात्र युद्ध समाप्त हुने बताएको छ ।

इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म प्रतिशोधात्मक कदमहरू जारी राख्ने पनि बताएको छ ।

यस्तो छ इरानले राखेको पाँच प्रमुख सर्तहरूः
१) इरानविरुद्ध आक्रमण र लक्षित हत्या पूर्ण रूपमा बन्द हुनुपर्ने
२) भविष्यमा युद्ध नहुने ठोस ग्यारेन्टी
३) जारी युद्धमा भएको क्षतिको क्षतिपूर्ति
४) सबै मोर्चाहरूमा शत्रुताको पूर्ण अन्त्य
५) हर्मुज जलडमरूमा इरानको अधिकारको अन्तर्राष्ट्रिय मान्यता