२० असार २०८३, शनिबार

टीओबी समूहलाई पनि कार्की आयोगले गर्‍यो कारबाही सिफारिस

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले भदौ २३ र २४ गते प्रर्दशनमा हिंसात्मक घटना गर्न उक्साउने टीओबी समूहलाई पनि कारबाही सिफारिस गरेको छ ।

टीओबी समूहले प्रदर्शनका लागि चाबाहिल ओम अस्पतालनजिक करिडोर हुँदै बिजुली बजारतिर आएको खुलाएको छ ।

जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त समूहलाई फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदन तयार हुनुअघि नै टीओबी समूहलाई प्रहरीले मुद्दा चलाइसकेको छ ।

काठमाडौं प्रहरीले टीओबी समूका मुख्य नाइके तेन्जिन दावालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको थियो । आयोगले फागुन २४ मा प्रतिवेदन बुझाएको थियो ।