७ असार २०८३, आइतबार

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा ) सिरिज– २०२६ का लागि अखिल नेपाल फुटबल संघ(एन्फा) ले महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ ।

नेपाली महिला टोलीले एक सिरिज खेल्नेछ । थाइल्यान्डमा हुने ४ देश सहभागी सिरिज आगामी अप्रिलमा हुनेछ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्को एक देशले प्रतिस्पर्धा गर्नेछन् ।

ओसियानाबाट सहभागी हुने एक टोलीको टुंगो लाग्न बाँकी छ । नेपालले १२ अप्रिलमा कंगोसँग पहिलो खेल खेल्नेछ ।

दोस्रो खेल नेपालले १५ अप्रिलमा खेल्ने छ । उक्त खेलको प्रतिस्पर्धी भने पहिलो खेलको नजिताले निर्धारण गर्नेछ । पहिलो खेलमा हार्ने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

फिफा सिरिज–२०२६ मा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन ।