८ श्रावण २०८३, शुक्रबार

कार्की आयोगको प्रतिवेदन- सेनाले जिम्मेवारी पूरा गरेन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ २३ र २४ का घटनामा नेपाली सेनाले आफ्नो मुख्य जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको निष्कर्ष गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निकालेको पाइएको छ। आयोगको गोप्य प्रतिवेदनमा महत्वपूर्ण सरकारी संरचनाको सुरक्षामा खटिएको सेना निर्णायक अवस्थामा सक्रिय हुन नसकेको उल्लेख गरिएको हो।

प्रतिवेदनअनुसार सिंहदरबार, शीतल निवास, संघीय संसद भवन र प्रधानमन्त्री निवासजस्ता संवेदनशील स्थानमा सेना तैनाथ भए पनि प्रदर्शन नियन्त्रण र सुरक्षामा अपेक्षित भूमिका देखिएन। स्थानीय प्रशासन र सुरक्षा निकायले सहयोग माग्दा समेत प्रभावकारी साथ नपाएको गुनासो आयोगसमक्ष राखिएको उल्लेख छ।

विशेषगरी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गर्दा सेना मौन बसेको, जसका कारण तोडफोड र आगजनी जस्ता घटनाबाट ठूलो क्षति भएको प्रतिवेदनमा औंल्याइएको छ। संसद भवन क्षेत्रमै पनि सेना पुगेपछि पनि प्रहरीले अपेक्षित सहयोग नपाएको बयान समावेश गरिएको छ।

यद्यपि, आयोगले केही स्थानमा सेनाले उद्धार कार्यमा भूमिका खेलेको स्वीकार गरेको छ, विशेषगरी जोखिममा परेका सुरक्षाकर्मी र विशिष्ट व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेको उल्लेख गरिएको छ।

Skip This