१८ असार २०८३, बिहिबार

कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, चालक गम्भीर घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड आइचर ट्रक अनियन्त्रित भई सडक नजिक रहेको घरमा (मानिस नबस्ने घर) ठक्कर खाई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रकमा सवार पर्साको वीरगञ्ज महानगर–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा ट्रक चालक वीरगञ्ज महानगर–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।