२२ असार २०८३, सोमबार

शत्रुको आक्रमणको जवाफ दिँदैछौँ : कुवेत सेना

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुवेती सेनाले मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको छ । सेनाले जनतालाई सबै सुरक्षा निर्देशनहरू पालना गर्न अपिल गरेको हो ।

सेनाका अनुसार यदि कतै विस्फोटको आवाज सुनिएको छ भने त्यो हावामा शत्रुको आक्रमणलाई रोक्ने कारणले भएको हो । यसअघि कुवेती राष्ट्रिय गार्डले आफ्नो क्षेत्रमा पाँच वटा ड्रोन खसालेको बताएको थियो ।

हालै ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्याङ्कीमा पनि आगो लागेको थियो ।