१८ असार २०८३, बिहिबार

ट्रम्पको दाबी– हामीले युद्ध जित्यौँ, इरानले आणविक हतियार नराख्ने सहमति जनायो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्धको युद्ध जितेको दाबी गरेका छन् । उनका अनुसार इरानको नौसेना, वायुसेना र राडार प्रणालीहरूले अहिले काम गरेको छैन ।

‘अमेरिकी विमानहरू तेहरानमाथि उडिरहेका छन् र अमेरिकाले जे चाहन्छ त्यो गर्न सक्छ ।’ ट्रम्पले भने ।

मंगलबार ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले इरानले आणविक हतियार नराख्ने सहमति जनाएको बताए । साथै, उनले दुई देशबीच वार्ता जारी रहेको र इरान सम्झौतामा पुग्न चाहेको बताए ।

राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार बनाउने छैन, जसमा सम्झौता भएको छ ।’ तर इरानले अहिलेसम्म यसबारे कुनै बयान जारी गरेको छैन ।