काठमाडौं । नवनिर्वाचित सांसदको शपथको दिन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा के हुन्छ भन्ने जिज्ञासा सर्वत्र छ ।
लामिछानेविरूद्व रहेको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्वीकरणको मुद्दा विचाराधीन छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध मुद्दा परेकोमा हेर्दाहेर्दैमा रहेको छ ।
आज पनि सुनुवाई भएकोमा नसकिएपछि शपथकै दिनका लागि अर्को पेशी तोकिएको हो । संसद सचिवालयले भने लामिछानेको शपथ हुने बताएको छ ।
सर्वोच्चको फैसला नआएपनि लामिछानेलाई शपथ खुवाउने तयारीमा संसद सचिवालय लागेको हो । निर्वाचित प्रतिनिधिसभा सदस्यको सूचीमा लामिछानेको नाम पनि रहेको र कतैबाट पनि शपथ नगराउनु भन्ने कुनै पनि आदेश नरहेकाले शपथ गराइने सचिवालयले स्पष्ट पारेको छ ।
कतिपयले भने उनले शपथ लिन नपाउने दावी गर्दै आएका छन् ।








प्रतिक्रिया