९ असार २०८३, मंगलबार

यो पटक जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यो पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा जापानबाट २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २३ जनाले जापानबाट परीक्षा दिने जानकारी दिएको हो ।

यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जुन संख्या अघिल्लो वर्षहरूको भन्दा कम हो । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्।

एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ।