२० असार २०८३, शनिबार

अब डेनमार्क र दक्षिण कोरियामा पनि नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आजदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता सम्पन्न भएको छ ।

यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रियस्तरमा पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।

टेलिकमका अनुसार आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *४४४# डायल गरी एक्टिभ भोल्टी विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ ।