२७ असार २०८३, शनिबार

होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस् अब भाटभटेनीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमाबीच जापानी कस्मेटिक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को बिक्री वितरणका लागि सहकार्य भएको छ । अबदेखि जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमाद्वारा नेपाली बजारमा आयात तथा बिक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएको हो ।

होक्काइदो बिजनेस ग्रुप नेपालअन्तर्गतको होमाले सन् २०२३ देखि आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।

भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरहरुसहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभावसम्बन्धी जनचेतनामुलक सन्देश प्रवाह गर्दै आधिकारीक बिक्री वितरणको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चैत १० गतेबाट सुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागी हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमाबाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्न सक्नेछन् । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ । चैत १० गतेदेखि २० दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुनेमध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले ५ हजार रुपैयाँ बराबरका होमाका उत्पादन जित्न सक्नेछन् भने सहभागी हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्नेछन् । साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्नेछन् । यस अवधिमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाइनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् ।

“नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूति दिलाउनु होमाको पहिलो लक्ष्य हो ।” कम्पनीका अध्यक्ष अर्जुन अधिकारी भन्छन्, “लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो । अनि यो सम्भव भएको हो ।” उनी अगाडि भन्छन्, “होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होइन भविष्यमा जापानी ब्राण्डका लागि नेपाली उत्पादक समेत बनेर निर्यातको लक्ष्य राखेको छ । हामीले नेपालमा हज्जारौं रोजगारी सृजनाको खाका कोरेका छौँ । जसको यो सुरुवात हो ।”

२० दिनसम्म चल्ने यो सचेतनामूलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्टप्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।