काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन्।
काठमाडौं आएका साम्पाङले पत्रकारहरूसँग कुराकानी गर्दै जनताले आफूहरूलाई सत्तामा होइन, प्रतिपक्षमा बसेर प्रश्न गर्ने जिम्मेवारी दिएको उनले बताएका हुन् ।
उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ ।’
उनले सरकारमा सहभागी नहुने तर राम्रो कामलाई समर्थन र गलत कामको विरोध गर्ने नीति लिएको बताए।
उनले योग्य र प्रश्नको जवाफ दिन सक्ने व्यक्ति मात्रै प्रधानमन्त्री बन्नुपर्ने धारणा राख्दै रवि लामिछानेलाई प्रधानमन्त्रीका लागि उपयुक्त भएको पुनः दोहोर्याए।








प्रतिक्रिया