७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा १६ सयले घट्यो, चाँदीको बढ्यो

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।