१५ असार २०८३, सोमबार

विश्वकै सबैभन्दा धनी एलन मस्कको सम्पत्ति कति पुग्यो ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वप्रसिद्ध उद्यमी एलन मस्कको कुल सम्पत्ति ८२३.५ अर्ब अमेरिकी डलर पुगेको छ । फोर्ब्सका अनुसार उनी हाल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

उनको नेतृत्वमा रहेका टेस्ला (विद्युतीय सवारी उत्पादन कम्पनी), स्पेसएक्स (अन्तरिक्ष प्रविधि कम्पनी) तथा एक्स कर्प (सामाजिक सञ्जाल कम्पनी) जस्ता कम्पनीहरूको तीव्र विस्तार र बजार मूल्य वृद्धिका कारण उनको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको हो ।

यससँगै विश्व अर्थतन्त्रमा प्रविधि क्षेत्रका उद्यमीहरूको प्रभाव झन् बलियो बन्दै गएको विश्लेषकहरू बताउँछन् ।