२० असार २०८३, शनिबार

डोटीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी । डोटीको आदर्श गाउँपालिका–६, रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३, काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुंगेलले जानकारी दिए । उनका अनुसार, खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति १२ बजेको समयमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि दुवैजना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए ।