काठमाडौं । सहकारी ठगी आरोपमा एकजना पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका हुन्।
धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृष्णप्रसादले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ। उक्त सहकारी ठगीमा संलग्न देखिएका अन्य चार जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। धनुषले सहकारीबाट १९ करोड १८ लाख रूपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ।
सहकारी ठगीमा पक्राउ परेका कृष्णप्रसादले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरूद्ध जाहेरी दिएका थिए।








प्रतिक्रिया