१५ असार २०८३, सोमबार

५ दिनसम्म इरानी पावर प्लान्टमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा प्लान्ट र ऊर्जा पूर्वाधारमा आक्रमण अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेका छन् । उनका अनुसार अमेरिका र इरानबीच दुई दिनदेखि चलिरहेको वार्तापछि यो निर्णय लिइएको हो ।

ट्रम्पले रक्षा विभागलाई ५ दिनका लागि पावर प्लान्टमा हुने सबै सैन्य आक्रमणहरू रोक्न निर्देशन दिइएको बताए । ट्रम्पका अनुसार वार्ता सफल भयो भने मध्यपूर्वमा जारी तनाव अन्त्य हुनेछ ।

दुई दिन अघि ट्रम्पले इरानलाई धम्की दिएका थिए कि यदि ४८ घण्टाभित्र होर्मुज मार्ग खोलिएन भने अमेरिकाले इरानको पावर प्लान्टमा ठूलो आक्रमण गर्नेछ ।