१८ असार २०८३, बिहिबार

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई एक सय रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावरका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।

सालमनीदेवी हाइड्रोपावरले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।