२७ असार २०८३, शनिबार

एनआरएनए आईसीसी सह-कोषाध्यक्षमा गङ्गा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत आगामी २०२६–२७ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । जसले संस्थाभित्रको एकता र सहमतिमा आधारित नेतृत्वलाई थप मजबुत बनाएको हो।

यसै क्रममा महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट गङ्गा खतिवडा निर्विरोध चयन भएकी छिन् । एनके कस्मेटिककी प्रबन्ध निर्देशकसमेत रहेकी खतिवडाको चयनलाई संस्थाको आर्थिक व्यवस्थापनमा नयाँ विश्वास र ऊर्जा थपिएको रूपमा हेरिएको छ ।

संस्थागत सुदृढीकरण, पारदर्शिता र वित्तीय अनुशासनप्रति स्पष्ट प्रतिबद्धता राख्दै आएकी खतिवडाले अब संघको आर्थिक संरचनालाई अझ व्यवस्थित, विश्वसनीय र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । स्रोत व्यवस्थापन, खर्च नियन्त्रण तथा दीर्घकालीन आर्थिक योजना निर्माणमा उनको भूमिका निर्णायक रहने विश्वास गरिएको हो।

वित्तीय इमान्दारिता, जिम्मेवारी र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनको कार्यशैलीले संघको आर्थिक मेरुदण्डलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, प्रत्येक निर्णयमा जवाफदेहिता कायम गर्दै सदस्यहरूबीच भरोसा अभिवृद्धि गर्ने दिशामा उहाँ अग्रसर रहने देखिन्छ।

गङ्गा खतिवडाको नेतृत्वमा आर्थिक व्यवस्थापन केवल प्रक्रिया मात्र नभई विश्वासको आधारका रूपमा स्थापित हुने विश्वास गरिएको छ। उनको निर्विरोध चयनले एनआरएनएलाई आर्थिक रूपमा अझ सक्षम, सशक्त र दिगो बनाउने नयाँ अध्यायको सुरुआत गरेको छ।