२२ असार २०८३, सोमबार

सरकार तेल र ग्यास संकट रोक्न प्रयासरत छ, अब ४१ देशहरूबाट आयात गर्छौँ : मोदी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा जारी युद्ध अन्त्य हुनुपर्ने बताएका छन् ।

सोमबार लोकसभालाई सम्बोधन गर्दै उनले तनाव अन्त्य हुनुपर्ने र संवाद नै समस्याको एक मात्र समाधान भएको पनि बताए । साथै, उनले जनता र पावर प्लान्टहरूमाथिको आक्रमणहरू अस्वीकार्य रहेको बताए । उनले होर्मुज जलडमरू मार्ग अवरुद्ध गर्नु स्वीकार्य नहुने पनि बताए ।

मोदीले आफ्नो सरकार देशमा तेल र ग्यास संकट रोक्न प्रयासरत रहेको बताए । ‘सरकार देशमा तेल र ग्यास संकट रोक्न प्रयासरत छ । यस उद्देश्यका लागि हामी अब २७ देशको सट्टा ४१ देशहरूबाट आयात गर्दैछौँ ।’ मोदीले भने ।

उनले सरकारले अहिले ६५ लाख मेट्रिक टन ग्यास र तेल भण्डार स्थापना गर्ने काम गरिरहेको जानकारी गराए । उनले सरकार विभिन्न देशका आपूर्तिकर्ताहरूसँग सम्पर्कमा रहेको र सम्भव भएसम्म आपूर्ति जारी राख्ने प्रयास भइरहेको पनि बताए ।

‘तेल, ग्यास र मल बोकेका जहाजहरू सुरक्षित रूपमा भारत पुग्ने कुरा सुनिश्चित गर्न हामी हाम्रा साझेदारहरूसँग सम्पर्क गरिरहेका छौँ ।’ उनले भने । उनले खाद्यान्न राशनबारे जानकारी दिँदै भारतसँग अहिले पर्याप्त खाद्यान्न भण्डार रहेको बताए ।

मोदीले हालसम्म इरानबाट ३ लाख ७५ हजार भारतीयहरू सुरक्षित रूपमा देश फर्किएको पनि जानकारी गराए ।