२८ असार २०८३, आइतबार

६० वर्षको उमेरसम्म खेल्ने प्रयास गर्नेछन् एमएस धोनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइपीएलको नयाँ सिजनको मिति नजिँकिदै गर्दा आइतबार चेन्नई सुपर किंग्सले एक फ्यान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा ४४ वर्षीय क्रिकेटर महेन्द्र सिंह (एमएस) धोनीको एक बयानले फ्यानहरूमाझ ठूलो उत्साह जगायो ।

धोनीले ठट्टा गर्दै आफू ६० वर्षको उमेरसम्म आईपीएल खेल्नसक्ने बताउँदा चेपक रंगशाला खुशीले गुन्जियो ।

चेन्नईको एमए चिदम्बरम रंगशालामा भएको फ्यान कार्यक्रममा अभिनेता शिवकार्तिकेयनले धोनीलाई सन्यासको कुरालाई बेवास्ता गर्दै लामो समयसम्म खेलिरहन अनुरोध गरे । धोनीले मुस्कुराउँदै जवाफ दिए– ‘गाह्रो हुनेछ… तर म प्रयास गर्नसक्छु ।’ धोनीको जवाफमा रंगशालामा रहेका हजारौं फ्यानहरूले खुशीमा ‘धोनी, धोनी’को नारा लगाएका थिए । त्यस क्षणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भारतीय क्रिकेटका पूर्वकप्तान धोनीलाई क्रिकेट जगतमा महान् खेलाडीहरू मध्ये एक मानिन्छ । उनले चेन्नई सुपर किंग्सलाई पाँच उपाधि दिलाएका छन् । उनले २०२४ सिजन अघि कप्तानी त्यागेका थिए र टोलीको नेतृत्व रुतुराज गायकवाडले गरेका थिए । चोटका कारण धोनीले गत सिजन फेरि कप्तानी सम्हाल्नु परेको थियो ।

२०२५ सिजनमा खराब प्रदर्शनपछि चेन्नई यसवर्ष धोनीको अनुभव र गायकवाडको कप्तानीमा नयाँ सुरुवात गर्दैछ ।