४ असार २०८३, बिहिबार

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीको शपथ बुधबार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुधबार शपथ लिने भएका छन् ।

उनले बुधबार बिहान ११ः१५ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद तथा गोपनीयताको शपथ लिनेछन् ।

कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ ।