काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए । भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई दिएका थिए ।
प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।








प्रतिक्रिया