काठमाडौं । नेपाली कांग्रेसले भदौ जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको हो ।
यस्तै बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल पनि गरिएको छ।
बैठकले निर्वाचन परिणामबारे जिल्ला र निर्वाचन क्षेत्रबाट पनि थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र जिल्ला तहबाट प्राप्त प्रतिवेदनलाई एकीकृत गरी पुनः समिक्षा गर्ने निर्णय गरेको छ।








प्रतिक्रिया