२४ असार २०८३, बुधबार

राप्रपा निर्देशन समिति अध्यक्षबाट लोहनीले दिए राजीनामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशन समिति अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । २१ फागुनमा भएको निर्वाचनमा पार्टीले हार व्यहोरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

लोहनीले अहिलेको पार्टीको केन्द्रीय समिति विघटन गरी महाधिवेशन गर्न पनि माग गरेका छन् । पार्टीका अहिलेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न पनि उनले सुझाव दिएका छन् । यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए ।