२५ असार २०८३, बिहिबार

निखिल र वर्षाको फिल्म ‘कस्तुरी’को छायांकन ३५ दिनमै सकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को गाउँको केही दृश्य र गीत बाहेक सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो ।

फिल्मका निर्देशक ऋत बोहोराले केही गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए । उनले भने, ‘हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिब छायांकन सकेका छौँ । फिल्मको गीत र गाउँको केही दृश्य खिच्न बाँकी रहेको छ । अरु भने कम्प्लिट गरिसकेका छौँ ।’

काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्म रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ । यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यसै फिल्मबाट निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गरेका हुन् ।

फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहनेछ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरजकुमार अग्रवाल हुन् । उनी यही फिल्मबाट निर्माताका रुपमा उदाएका छन् । यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन् ।

आलोक शुक्लाले खिचेको यो फिल्ममा प्रमुख सहनिर्देशक ललित विष्टले गरेका छन् । फिल्मको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन् । निर्माण टिमले फिल्मको अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेको छैन ।

निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केही दिनपछि घोषणा गर्ने बताए ।