१७ असार २०८३, बुधबार

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी र कम्पनी सचिव विनोदकुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मार्गनिर्देशन प्रदान गर्ने सम्पूर्ण सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना समेत व्यक्त गरे । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनको भनाइ थियो ।