काठमाडौं । इरानको हिरासतमा रहेका दुई जापानी नागरिकमध्ये एक जापानी नागरिक रिहा भएका छन् ।
जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीले इरानमा हिरासतमा रहेका दुई जापानी नागरिकमध्ये एकलाई रिहा गरिएको र जापान फर्किरहेको बताएका छन् ।
मोटेगीले ती व्यक्ति गत वर्षदेखि हिरासतमा रहेको र बुधबार रिहा गरिएको बताए । उनका अनुसार यस वर्षको सुरुमा पक्राउ परेका अर्का जापानी नागरिक अझै पनि हिरासतमा छन् ।
दुवै जनाको परिचय सार्वजनिक गरिएको छैन ।








प्रतिक्रिया