२३ असार २०८३, मंगलबार

पछिल्लो २४ घण्टामा साउदी अरबमा ६० वटा ड्रोन आक्रमण

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा इरानले साउदी अरबमा ६० वटा ड्रोन प्रहार गरेको छ । साथै, साउदीले सबै ड्रोन प्रहारलाई रोकेर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अल जजीराका अनुसार एक साउदी जनरलले भनेका छन्– साउदी आफ्नो रक्षा गर्न सक्षम छ र साउदी अरबसँग यस क्षेत्रको सबैभन्दा बलियो र आधुनिक वायु सेना छ ।

हालसम्म धेरैजसो ड्रोनहरू साउदी अरबको पूर्वी प्रान्त लक्षित छ । साउदीको यो क्षेत्रमा अधिकांश ऊर्जा सुविधाहरू, तेल प्रशोधन प्लान्टहरू र निर्यात टर्मिनल लगायत रहेको छ ।