१७ असार २०८३, बुधबार

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्विरोध निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक विक तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा विनोदकुमार घर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलनप्रकाश चन्द, हेमन्तकुमार खत्री, शान्तराज हमाल, गणेश वि. स्वामी, मधुमिता शाह र कृष्णकला खड्का चयन भएका छन् ।

बदलिँदो परिवेशमा व्यावसायिक हकहितका सवाल र जाजरकोटको व्यवसाय प्रबद्धनका लागि आफ्नो कार्यसमितिले योजना बनाई कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।