१६ असार २०८३, मंगलबार

पीएम कपमा आज दुई खेल हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत आज दुई खेल हुँदैछ ।

आज पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफबीच माथिल्लो मुलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि शनिबार पहिलो दिन कोशी र मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशबीचका दुवै खेल वर्षाका कारण रद्द भएको थियो ।