२ श्रावण २०८३, शनिबार

लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ ।

जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री रामजानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।

मधेश प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भए पनि लगातारको वर्षाका कारण खेल भने अझै सुरु हुन सकेको छैन । दुवै टिमका खेलाडीहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन् । तर मौसम विभागको प्रक्षेपन हेर्दा बेलुकासम्म वर्षा रुक्ने सम्भावना कम देखिएको छ ।

क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै बसिरहेका छन् । वर्षा नरोकिए दुवै टिमले एकएक अंक प्राप्त गर्ने बुझिएको छ ।