२८ असार २०८३, आइतबार

ट्रम्पले भने– इरानलाई नष्ट गर्दा युद्धविराम हुँदैन, मलाई लाग्छ हामीले जितेका छौँ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग युद्धविराम नखोज्ने बताएका छन् ।

‘वार्ता सम्भव हुन सक्छ, तर लडाईं रोक्ने कुनै मनसाय छैन ।’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘अर्को पक्षलाई पूर्ण रूपमा ध्वस्त पार्दा युद्धविराम हुँदैन ।’

ट्रम्पले अमेरिकाले इरानको सैन्य शक्तिलाई धेरै हदसम्म नष्ट गरेको दाबी गरे । उनले भने, ‘मलाई लाग्छ हामीले जितेका छौँ । हामीले उनीहरूको नौसेना, वायुसेना, हवाई प्रतिरक्षालाई नष्ट गरेका छौँ ।’ साथै, उनले इरानले अझै पनि होर्मुज जलडमरूम जलमार्ग अवरोध गरिरहेको स्वीकारे ।

होर्मुजबारे ट्रम्पले यसलाई खोल्न गाह्रो छैन भने । तर अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने उनले बताए । ट्रम्पले नेटो देशहरू सहयोग गर्न अगाडि नबढेकोप्रति चिन्ता व्यक्त गरे ।