१७ असार २०८३, बुधबार

खैरो हेरोइनसहित एक जना पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनसरीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले धरान उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय सुरज खड्कालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८४० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।