काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलसँगको जारी युद्धमा शत्रु देशहरु पराजित हुँदै गरेको बताएका छन् ।
इरानी नववर्ष नौरोजको अवसरमा जारी लिखित सन्देशमा खामेनीले शत्रु देशहरू (अमेरिका र इजरायल)ले आक्रमणपछि इरानी जनता सरकारको विरुद्धमा उभिनेछन् भन्ने सोचेको तर त्यस्तो नभएको भन्दै जनताप्रति आभार प्रकट गरे ।
खामेनीले भनेका छन्, ‘मैले सोचेको थिएँ कि केही दिनको आक्रमणपछि देशमा डर र निराशा फैलिनेछ र मानिसहरू सरकारको विरुद्धमा उठ्नेछन्, तर यो ठूलो गलत आकलन थियो ।’ खामेनीका अनुसार यसको विपरीत, फरक विचारधारा र भिन्नताहरूका बाबजुद पनि देशमा एकता रहेको छ । उनका अनुसार यो एकताले शत्रुलाई आफ्नो उद्देश्य प्राप्त गर्नबाट रोकेको छ र इरान जितको नजिक छ ।








प्रतिक्रिया