६ असार २०८३, शनिबार

नेटोमा रहेका देशहरू कायर हुन् : ट्रम्प

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा आफूलाई समर्थन नगरेकोमा नेटो सदस्य देशहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले नेटो देशहरू कायर भएको र अमेरिकाबिना यो गठबन्धन केवल कागजी बाघ रहेको टिप्पणी गरे ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्– उनीहरू आणविक हतियारधारी इरानलाई रोक्नको लागि लडाईमा संलग्न हुन चाहँदैनथे । अब सैन्य रूपमा युद्ध जितिसकेपछि उनीहरू उच्च तेलको मूल्यको बारेमा गुनासो गरिरहेका छन् ।

हर्मुजको जलडमरूलाई उल्लेख गर्दै ट्रम्पले यसलाई खुला राख्न सैन्य सहायता प्रदान गर्न सजिलो छ, तर सहयोगीहरू यसमा पनि पछि हटिरहेका छन् ।

‘यो एकदमै साधारण सैन्य चाल हो, धेरै कम जोखिमसहित, तर तिनीहरू मद्दत गर्न चाहँदैनन् । तिनीहरू कायर हुन्, र हामी त्यो सम्झनेछौँ,’ ट्रम्पले भने ।