रूपन्देही। लुम्बिनीका विभिन्न स्थानमा दिउँसै अँध्यारो भएको छ । बुटवलसहितका क्षेत्रमा ठूलो हावाहुरीसँगै अँध्यारो भएको हो ।
अध्यारो भएसँगै वर्षा पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हिजो नै लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरेको थियो ।
यसले क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन सुझाव समेत दिएको थियो ।








प्रतिक्रिया