१ श्रावण २०८३, शुक्रबार

रारा घुम्न गएकी काठमाडौंकी सदीक्षाको मृत्यु

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट रारा क्षेत्र घुम्न गएकी एकजना युवतीको मृत्यु भएको छ ।

रारा घुम्न गएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो । उनको आज बिहान जिल्ला अस्पताल मुगुमा निधन भएको हो।

घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला र विशाल सुवेदीसँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए।

भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो ।